नेपाली English Fri, Mar 29, 2024   |   |

मानव संशाधन विकास महाशाखा

मानव संशाधन विकास महाशाखाको कार्यविवरण
१.    मानव संसाधन प्रक्षेपण योजना तर्जुमा, त्यस अनुरुप  शैक्षिक योजना, कार्यक्रम विकास गर्ने, मानव संसाधन विकास योजना तयार गर्नेसम्वन्धी कार्यहरु ।
२.    शिक्षक तालिम सम्बन्धी नीति, मापदण्ड र स्तरीकरण, पाठ्यक्रम प्रारुप, योग्यता निर्धारण, सिप परीक्षणको मापदण्ड तथा प्रमाणीकरण सम्वन्धी कार्यहरु ।
३.    समावेशी शिक्षा, लैगिक समविकास, मातृभाषा, तथा विशेष शिक्षा सम्बन्धी क्षमता विकासका कार्यहरु । 
४.    शिक्षक तथा शिक्षा प्रशासनमा कार्यरत जनशक्तिको क्षमता विकासको लागि मानवश्रोत विकास योजना (HRD Plan) तर्जुमा  र  कार्यान्वयन सम्वन्धी कार्यहरु । 
५.    सेवाकालीन शिक्षक तथा शिक्षा सेवाका कर्मचारीहरुको तालिमको लागि पाठ्यक्रमको ढाँचा निर्माण एवम् स्वीकृति, कोर्स तथा स्रोत सामग्री विकास, प्रशिक्षक तयारी, तालिम मापदण्ड विकास, तालिमको प्रमाणीकरण तथा समकक्षता निर्धारण सम्वन्धी कार्यहरु ।
६.    केन्द्रले निर्धारण गरेको ढाँचा र कोर्ष बमोजिम विभिन्न तहमा  पेशागत विकास तथा तालिम सन्चालन गर्ने निकायहरु वीचको समन्वयसम्वन्धी कार्यहरु ।
७.    प्रदेश अन्तरगतका शैक्षिक तालिम कार्यक्रम तथा निकायहरुको सम्वन्धन, प्राविधिक सहयोग, समन्वय,अनुगमन तथा नियमन सम्वन्धी कार्यहरु ।
८.    प्रदेश र स्थानीय तहबाट माग भए बमोजिम प्राविधिक तथा प्रशासनिक विषयमा सहजीकरण एवम् समन्वय सम्वन्धी कार्यहरु । 
९.    विभिन्न तहमा शैक्षिक गुणस्तर सुधारका लागि शैक्षिक सामग्रीको सूची विकास, तालिम पाठ्यक्रम तथा सन्दर्भ सामग्री विकास र प्रमाणीकरण, नमूना तालिम सामग्री उत्पादन तथा वितरण सम्बन्धी कार्यहरु । 
१०.    विभिन्न सरकारी तथा गैह्र सरकारी संस्थाएवम् तालिम प्रदायक संस्थाहरूसँग साझेदारी र सहकार्यमा शिक्षकको पेशागत विकाससम्बन्धी कार्यक्रम तर्जुमा एवम् कार्यान्वयन सम्वन्धी कार्यहरु ।
११.    विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि अध्ययन तथा अनुसन्धान गर्ने गराउने सम्वन्धी कार्यहरु । 
१२.     केन्द्रमा कार्यरत निजामती कर्मचारीहरूको नियुक्ति, पदस्थापना, काज, सरुवा, पदोन्नति, राजीनामा, बिदा, अवकास, दण्ड–सजाय, पुरस्कार तथा विभागीयकारवाही सम्बन्धी आवश्यक कार्यहरु । 
१३.    मन्त्रालयमा पेश गर्नु पर्ने प्रशासनिक एवम् नीतिगत निर्णय सम्वन्धी कार्यहरु । 
१४.    केन्द्रको स्वीकृत वार्षिक वजेट र आर्थिक कार्यविधि नियमावलीको परिधिमा रही खर्च गर्ने, लेखा परीक्षण गराउने र बेरुजु फर्स्यौट सम्वन्धी कार्यहरु । 
१५.    केन्द्र कार्यान्वयन एजेन्सीको रुपमा रहेका आयोजना तथा परियोजनाहरुको केन्द्रिय हिसाव तयारी गरि पेश गर्न लगाउने र बेरुजु फर्स्यौट गर्ने गराउने कार्यहरु ।
१६.    सार्वजनिक खरिद गर्दा आवश्यकता अनुसार गरिनु पर्ने लागत अनुमान स्वीकृत गर्ने, बोलपत्र तथा दरभाउपत्र सम्वन्धी कागजात स्वीकृति गर्ने, कार्य विवरण स्वीकृति गर्ने तथा परामर्शदाता एवम् आपूर्तिकर्ताहरुसँग संझौता गर्ने विषयसँग सम्वन्धित कार्यहरु ।
१७.    कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन र अन्य गतिविधि र क्रियाकलापको ब्यक्तिगत अभिलेख अध्यावधिक राख्ने सम्वन्धी कार्यहरु ।
१८.    सबै महाशाखाको प्रशासकीय कार्य सम्पादन गर्न आवश्यक पर्ने समन्वयऽ सहयोग र नेतृत्वदायी कार्यहरु ।
१९.    केन्द्रको दैनिक आर्थिक तथा प्रशासन सम्वन्धी कार्यहरु, नागरिक वडापत्र, जन गुनासो तथा उजुरी सम्वन्धी कार्यहरु । 
२०.    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा केन्द्रवाट तोकिएका अन्य कार्यहरु ।
 

यस महाशाखाअन्तर्गत देहायअनुसारका सात ओटा शाखाहरू छन् । ती शाखाहरूले गर्ने कार्यको समन्वय, निर्देशन, नियन्त्रण, अनुगमन र मूल्याङ्कन गर्नु यस महाशाखाका मुख्य कार्य हुनेछ ।

 

 शाखागत कार्यविवरण सम्बन्धित शाखामा उपलब्ध रहेको छ ।