नेपाली English Fri, Mar 29, 2024   |   |

पाठ्यक्रम तथा सामाग्री शाखा

यस शाखाको कार्यविवरण :

१.    बैकल्पिक शिक्षा अन्तर्गत अनौपचारिक प्रौढ विद्यालय, आधारभूत र माध्यमिक तहका खुला विद्यालयका लागि स्वीकृत पाठ्यक्रममा आधारित भइ पाठ्यपुस्तक, शिक्षक निर्देशिका, विद्यार्थीका लागि अभ्यास पुस्तिका, सन्दर्भ सामग्रीहरुको विकास, छनोट तथा छपाइ गर्ने ।
२.    आधारभूत, वित्तीय तथा विद्युतीय साक्षरता र निरन्तर शिक्षाका लागि पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री विकास र छपाई गर्ने ।
३.    विभिन्न पेसाकर्मी तथा निवृत्त शिक्षक र कर्मचारीका लागि जीवनपर्यन्त निरन्तर पेसागत शिक्षासम्बन्धी नमूना कार्यक्रम, पाठ्यपुस्तक तथा अध्ययन सामग्री विकास तथा व्यवस्थापन गर्ने ।
४.    विद्यालय पूर्व उमेर समूहका, विद्यालयको पहुँच नपुगेका प्रौढ नागरिक र उच्च शिक्षा तहमा माथिल्लो तहमा भर्ना हुन प्रतीक्षारत विद्यार्थीहरुका लागि आवश्यकताका अध्ययनका आधारमा सिकाइ सामग्री विकास तथा व्यवस्थापन गर्ने  ।
५.    अनौपचारिक तथा  अरीतिक  प्रणालीबाट आर्जित ज्ञान तथा सिप पहिचान, बर्गीकरण र प्रमाणीकरणका  लागि मापदण्ड सहितको कार्यान्वयन प्रारुप विकास गर्ने  ।
६.    महाशाखावाट तोकिएका अन्य कार्यहरु गर्ने ।