नेपाली English Thu, Mar 28, 2024   |   |

अनौपचारिक तथा वैकल्पिक शिक्षा शाखा

यस शाखाको कार्यविवरण :

१.    साक्षरता घोषणाको अभियानका लागि सहजीकरण मार्गदर्शन सहितको कार्यविधि र मापदण्ड विकास गर्ने तथा सो काममा प्रदेश र स्थानीय तहवीच समन्वय गर्ने ।
२.    बैकल्पिक शिक्षा अन्तर्गत अनौपचारिक प्रौढ विद्यालय, आधाभूत र माध्यमिक तहका खुला विद्यालय कार्यक्रमहरुको संचालन तथा व्यवस्थापनमा समन्वय र सहजीकरण गर्ने ।
३.    जीवन पर्यन्त शिक्षाका लागि लक्षित बर्ग र उमेर सुहाउँदो नमूना कार्यक्रमहरु विकास गर्ने तथा ति कार्यक्रमहरुको कार्यान्वयनका लागि आवश्यक सहजीकरण गर्ने । 
४.    सामुदायिक अध्ययन केन्द्र, गैह्र सरकारी संस्था तथा विद्यालयहरु परिचालन गरी निरन्तर शिक्षा संचालन गर्न प्रदेश तथा स्थानीय तहसंग सहकार्य गर्ने ।
५.    अनौपचारिक शिक्षा, साक्षरता, निरन्तर शिक्षा सम्बन्धी सूचना प्रणाली अद्यावधिक गर्ने कार्यमा आवश्यक सहजीकरण गर्ने  ।
६.    आधारभूत, वित्तीय तथा विद्युतीय साक्षरता र निरन्तर शिक्षा कार्यक्रम संचालनको व्यवस्था गर्ने ।
७.    विभिन्न पेसाकर्मी तथा निवृत्त शिक्षक र कर्मचारीका लागि जीवनपर्यन्त निरन्तर पेसागत शिक्षा कार्यक्रम संचालन गर्ने ।
८    विद्यालय पूर्व उमेर समूहका, विद्यालयको पहुँच नपुगेका प्रौढ नागरिक र उच्च शिक्षा तहमा माथिल्लो तहमा भर्ना हुन प्रतीक्षारत विद्यार्थीहरुका लागि आवश्यकताका अध्ययनका आधारमा सिकाइ  कार्यक्रम संचालन व्यवस्थापनमा समन्वय र सहजीकरण गर्ने  ।
९.    अनौपचारिक तथा अतिरिक्त प्रणालीबाट आर्जित ज्ञान तथा सिप पहिचान, वर्गीकरण र प्रमाणीकरण कार्यको संचालन व्यवस्था गर्ने  ।
१०.    विद्यालय तहको खुला तथा दूर शिक्षाको स्वाध्ययन सामग्री, पाठ्य सामग्री, श्रव्यदृष्य सामग्री आदिको उपयुक्तता परीक्षण कार्य गर्ने र गुणस्तर सुधारका लागि सुझाव तथा पृष्ठपोषणहरु दिने सम्वन्धी कार्यहरु गर्ने ।
११.    स्थानीय तथा प्रदेश तहबाट प्राप्त प्रगति विवरणका आधारमा अनौपचारिक शिक्षा तथा साक्षरताको राष्ट्रिय स्थिति प्रतिवेदन तयार गर्ने ।
१२.    राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राम्रा अभ्यास तथा सहकार्यका आधारमा साक्षरता तथा निरन्तर शिक्षा सुधार योजना तयार गरी पेश गर्ने ।
१३.    महाशाखावाट तोकिएका अन्य कार्यहरु गर्ने ।