नेपाली English Fri, Mar 29, 2024   |   |

विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा

यस शाखाको कार्यविवरण :

१.    प्रारम्भिक बाल शिक्षा, अनिवार्य आधारभूत तथा माध्यमिक शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् वैकल्पिक शिक्षा ९गुरुकुलरआश्रम, गुम्बारविहार र मदरसा ० को नीति, मापदण्ड,  योजना तथा कार्यक्रम तर्जुमा र कार्यान्वयनमा सहजीकरण गर्ने ।
२.    गुणस्तरीय शिक्षाको मापदण्ड निर्धारण, साझेदारी कार्यक्रम विकास, कार्य निर्देशन र  योजना  तयारी तथा कार्यान्वयनका लागि आवश्यक सहयोग तथा  सहजीकरण  गर्ने ।
३.    सामुदायिक र संस्थागत विद्यालय लगायतका शिक्षण संस्थाको स्थापना र  सञ्चालनको न्यूनतम राष्ट्रिय मापदण्ड निर्धारण  र सोको कार्यान्वयन सम्बन्धी काममा आवश्यक  सहजीकरण गर्ने ।
४.    विद्यालयहरुमा पाठ्यपुस्तक, शिक्षण निर्देशन पुस्तिका, शिक्षक निर्देशिका, पुस्तकालय र अन्य आवश्यक शैक्षिक तथा शैक्षणिक सामग्रीहरु समयमै पुर्याउन सम्बन्धित निकायहरुसँग समन्वय र सहजीकरण
 गर्ने ।
५.    बालमैत्री विद्यालय मापदण्ड निर्धारण र गुणस्तरीय शिक्षाको पहूँच विद्यालय वाहिर रहेका वालवालिका बिशेषतः लक्षित वर्गसम्म पुर्‍याउने कार्यका लागि आवश्यक  नीति,  रणनीति तर्जुमामा सहजीकरण र समन्वय गर्ने ।
६.    अतिरिक्तरसहक्रियाकलाप तथा शैक्षिक पर्यटनसम्बन्धी विभिन्न नमूना कार्यक्रम तर्जुमा र सञ्चालनमा सहजीकरण गर्ने ।
७.    राष्ट्रिय परीक्षा बोर्ड, पाठ्यक्रम विकास केन्द्र एवम् विद्यालय शिक्षा सम्बद्ध संस्थाहरुबीच समन्वय र सहजीकरणसम्बन्धी कार्यहरु गर्ने । 
८.    नमूना विद्यालय विकास, व्यवस्थापन एवम् सञ्चालनमा समन्वय र सहजीकरणसम्बन्धी कार्य गर्ने ।
९.    नमूना विद्यालय विकास, व्यवस्थापन एवम् सञ्चालनमा समन्वय तथा सहजीकरण गर्ने गराउने ।
१०.    विद्यालय शिक्षाको नमूना परीक्षण कार्यक्रमहरु सञ्चालन गर्ने र प्राप्त नतिजाका आधारमा आवश्यक सुधारका नीति तथा कार्यनीति तर्जुमा गर्ने ।
११.    प्रदेश र स्थानीय स्तरबाट माग भए बमोजिम आवश्यक प्राविधिक सहयोग, सहजीकरण एवम् समन्वय सम्वन्धी कामहरु गर्ने ।
१२.    विद्यालय शिक्षाका लागि भौतिक सुविधासहितको न्यूनतम सिकाइ अवस्थाको योजना निर्माण तथा कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापनमा सहजीकरण गर्ने ।
१३.    विभिन्न भौगोलिक क्षेत्रका लागि विद्यालय भवन तथा अन्य भौतिक पूर्वाधारको निर्माणका लागि बैकल्पिक डिजाइनहरु तयार गर्ने । 
१४.    विद्यालयमा हुने विपद् जोखिम न्यूनीकरणका लागि सुरक्षित विद्यालय नीति तथा एकीकृत विद्यालय सुरक्षा कार्यक्रम सम्बन्धी नमूना कार्यक्रमहरुको विकास तथा कार्यान्वयन गर्ने ।
१५.    महाशाखावाट तोकिएका अन्य कार्यहरु गर्ने ।