नेपाली English Fri, Mar 29, 2024   |   |

शिक्षण व्यवस्थापन समन्वय शाखा

यस शाखाको कार्यविवरण :

१.    मन्त्रालयबाट हालसम्म वितरण भएका विद्यालय शिक्षाका तहगत स्वीकृत शिक्षक दरवन्दी र शिक्षक अनुदान कोटाको प्रदेशगत र स्थानीय तहगत विवरण तयार गरी अभिलेख व्यवस्थापन गर्ने र यसलाई समय समयमा अध्याविधक गर्ने ।
२.    शिक्षक व्यवस्थापन तथा विकासका लागि मापदण्ड तर्जुमामा सहजिकरण गर्ने ।
३.    शिक्षक तथा शिक्षा प्रशासनमा कार्यरत जनशक्तिको सेवा सर्त र योग्यताको नीति र मापदण्ड निर्धारणसम्बन्धी कार्यहरु गर्ने ।
४.    स्थानीय निकायहरूबाट शिक्षक पद रिक्त रहेको जानकारी प्राप्त भए पछि विषयगत शिक्षकको उपलब्धता र प्रयाप्तताको समेत लेखाजोखा गरी स्थायी विज्ञापनको लागि शिक्षक सेवा आयोग वा तोकिएको निकायलाई लेखि पठाउने ।
५.    शिक्षक विद्यार्थी अनुपात र विद्यालयमा पठनपाठन हुने विषय समेतका आधारमा शिक्षक दरबन्दीको राष्ट्रिय तहमा मिलान तथा पुनःवितरणसम्बन्धी कार्य गर्ने ।
६.    प्रचलित शिक्षा ऐन, नियम तथा  निर्देशिकामा व्यवस्था भए अनुसार शिक्षक दरवन्दी र विषयगत शिक्षक दरबन्दी मिलान गर्नेरगराउने कार्यमा प्रदेश तथा स्थानीय तहलाई आवश्यकता र मागका आधारमा  सहजीकरण गर्न व्यवस्था मिलाउने ।
७.    शिक्षकहरूको वृत्ति विकास, बिदा, अवकाश, काज, सरुवा, बैंक मार्फत तलब भत्ताभुक्तानीको व्यवस्था,  पुरस्कार र  दण्डलगायतका विषयमा आवश्यक नीतिगत व्यवस्थाका कार्यहरुमा सहयोग गर्ने । 
८.    सामुदायिक विद्यालयका कर्मचारीहरूको नियुक्ति तथा तोकिएको सेवाका सर्त र सुविधा व्यवस्थापन सम्बन्धी कार्यमा समन्वय तथा सहजीकरण गर्ने ।
९.    स्रोतब्यक्तिहरुको छनौट, नियुक्ति तथा तोकिएको सेवाका सर्त र सुविधा व्यवस्थापन सम्बन्धी कार्यमा समन्वय तथा सहजीकरण गर्ने ।
१०.    विद्यालय क्षेत्र विकास कार्यक्रम वा यस्तै प्रकारका राष्ट्रिय प्राथमिकता प्राप्त योजना तथा कार्यक्रमको अवधारणा अनुसार शिक्षकको दरबन्दी संरचना तर्जुमा भई आएमा औचित्यका आधारमा स्वीकृतिका लागि पेस गर्ने ।
११.    विद्यालयमा प्रधानाध्यापक नियुक्ति सेवाको शर्त र सुविधा,  अध्यापन अनुमति पत्र, शैक्षिक योग्यता, शिक्षक परिचय पत्र,पोशाक सम्बन्धमा तर्जुमा गरिएको नीतिको कार्यन्वयनमा  एकरुपता ल्याउन सहजीकरण तथा समन्वय गर्ने ।
१२.    शिक्षकको बैदेशिक मनोनयन, अध्ययन, भ्रमण तथा तालिमका लागि सिफारिस सम्बन्धी कार्यहरु गर्ने ।  
१३.    शिक्षकका पेशागत संघ संगठनहरूको आचारसंहिता तर्जुमा र कार्यान्वयन सम्बन्धी कार्य गर्ने,गराउने ।
१४.    महाशाखावाट तोकिएका अन्य कार्यहरु गर्ने ।