नेपाली English Fri, Mar 29, 2024   |   |

शैक्षिक योजना तथा विकास महाशाखा

शैक्षिक  योजना  तथा  विकास  महाशाखाको कार्यविवरण 
१.    शिक्षा सम्वन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिवद्वता तथा सम्झौता अनुरुप विद्यालय क्षेत्र विकास योजना लगायतका आयोजना तथा कार्यक्रमहरू कार्यान्वयन तथा समन्वय र प्रगतीको 
       अनुगमन ।
२.    राष्ट्रिय पठन सीप, अनिवार्य आधारभूत शिक्षा र माध्यमिक शिक्षासँग सम्बन्धित नमूना कार्यक्रम विकास तथा कार्यान्वयन र तिनको आवधिक समिक्षा।
३.    शिक्षण संस्था सञ्चालनको न्यूनतम मापदण्ड निर्धारण तथा आवश्यक समन्वय र सहजीकरण ।
४.    विद्यालय शिक्षाको एकीकृत शैक्षिक तथ्याङ्क सङ्कलन, विश्लेषण तथा व्यवस्थापन ।
५.    विद्यालय शिक्षाको लागि भौतिक सुविधा सहितको न्यूनतम सिकाइ अवस्थाको योजना निर्माण गर्ने तथा कार्यान्वयनको लागि आवश्यक स्रोत व्यवस्थापन एवम् सहजीकरणसम्वन्धी 
        कार्यहरु ।
६.    अनिवार्य आधारभूत शिक्षा कार्यान्वयनका लागि आवश्यक मापदण्ड तथा कार्यप्रकृया निर्माण गर्ने तथा कार्यान्वयनमा सहजीकरण ।   
७.    शिक्षक व्यवस्थापन तथा विकासका लागि मापदण्ड तर्जुमा तथा सहजीकरण ।
८.    शिक्षकको सेवा, शर्त र योग्यताको नीति र मापदण्ड निर्धारण ।
९.    नमूना विद्यालय विकास, व्यवस्थापन एवम् सञ्चालनमा समन्वय र सहजीकरण।
१०.    विद्यालय शिक्षाका नमूना परीक्षण कार्यक्रमहरू सञ्चालन गर्ने र प्राप्त नतिजाका आधारमा आवश्यक सुधारका नीति तथा कार्यनीति तर्जुमा ।
११.    विद्यालय शिक्षासँग सम्वन्धित दातृ निकाय तथा विकासका साझेदारहरुसँग सम्वन्धित सम्पर्क विन्दू ९ँयअब िएयष्लत० भै गर्ने कार्यहरु ।
१२.    दिगो विकासको चौथो लक्ष्य ९क्म्न्द्ध० र सन् २०३० सम्म सबैका लागि शिक्षा ९भ्मगअबतष्यल द्दण्घण्० सम्वन्धी कार्यहरु ।
१३.    स्वदेशी तथा विदेशी दातृसंस्था,सरकारी तथा गैसस एवम् तालिम प्रदायक संस्थाहरूसँग साझेदारी र सहकार्यमा शैक्षिक गुणस्तर सुधारसम्बन्धी कार्यक्रम तर्जुमा एवम् कार्यान्वयन ।
१४.    विद्यालय पोषण तथा बालमैत्री विद्यालयसम्बन्धी कार्यहरु।
१५.    प्रारम्भिक बाल विकास तथा शिशु शिक्षा सम्बन्धी नीति तथा मापदण्ड निर्धारण गर्ने एवम् कार्यक्रम सञ्चालनको समन्वय ।
१६.    विद्यालय शिक्षामा पहुँच बढाउन छात्रवृत्ति,दिवाखाजा लगायतका प्रोत्साहन कार्यक्रम तर्जुमा तथा कार्यान्वयनमा सहजीकरण  ।
१७.    विद्यालयमा हुने विपद् जोखिम न्यूनीकरणका लागि सुरक्षित विद्यालय नीति तथा एकीकृत विद्यालय सुरक्षा कार्यक्रम सम्बन्धी कार्यक्रमहरूको विकास तथा कार्यान्वयन।
१८.    बालमैत्री विद्यालय राष्ट्रिय प्रारुपको तयारी र कार्यान्वयनसम्बन्धी कार्यहरु ।
१९.    शासकीय सुधार कार्ययोजना, सुशासन कार्ययोजना बमोजिम काम गरी यसको नियमित प्रगति प्रतिवेदन सम्बन्धित निकायमा पठाउने ।
२०.    मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र यस्तै प्रकृतिका अन्य निकायवाट प्राप्त निर्देशनहरुको कार्यान्वयन र छानविन सँग सम्वन्धित कार्यहरु । 
२१.    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा केन्द्रवाट तोकिएका अन्य कार्यहरु ।

यस महाशाखाअन्तर्गत देहायअनुसारका छ ओटा शाखाहरू छन् । ती शाखाहरूले गर्ने कार्यको समन्वय, निर्देशन, नियन्त्रण, अनुगमन र मूल्याङ्कन गर्नु यस महाशाखाका मुख्य कार्य हुनेछ ।

शाखागत कार्यविवरण सम्बन्धित शाखामा उपलब्ध रहेको छ ।